Friday, March 14, 2014

मुन्द्रे साउदी अरब गएछ । त्यहाँको गर्मी देखेर उसले कोक फ्यान्टाको पसल राख्ने बिचार गरेछ । एकदिन उसले पसल खोलेछ । अरबीले अंग्रेजी र नेपाली भाषा नबुझ्ने अनि मुन्द्रेले अरबी भाषा नबुझ्ने । त्यसैले चित्रबाट बुझाउनलाई क्रमैसँग यस्तो पोष्टर बनाएछ । (चित्र आफै कल्पना गर्नुस है)
आलस्य भएको/थाकेको - चिसो पिएको - फुर्ति आएको
यस्तो गर्दा पनि कोही पनि उसको पसलमा आएनछन् । पसलमा आएका पनि चीत्र हेरेर फर्कने रहेछन् । उसको लगानी फसेछ । एउटा पनि ग्राहक नआएपछि मुन्द्रेले घाटा खाएर शेरेलाई पसल बेचेछ । शेरेले पसल किनेपछि धमाधम ग्राहक आउन थालेछन् । शेरेको ब्यापार धेरै फस्टाएछ ।
मुन्द्रेले शेरे पनि टेनसनमा होला भनेर एकदिन भेट्न गएछ । मुन्द्रे पसल जाँदा ग्राहकको भिड देखेर अचम्म परेछ र शेरेलाई भनेछ: तैले के जादु गरिस्?
शेरे: केही जादु होइन । उ त्यहाँ चित्र हेर् त ।
मुन्द्रेले राखेको चित्रलाई शेरेले यसरी राखेको थियो
फुर्ती आएको - चिसो पिएको - आलस्य भएको / थाकेको
शेरे: तैलै केहि बुझिस् ?
मुन्द्रे: अहँ ।
शेरे: तलाई थाहा छैन अरबीले उल्टो (बायाँ)तिरबाट पढ्छन् भनेर । तैले बनाएको चित्रलाई उल्टोबाट हेर् त के हुन्छ ?
त्यसपछि मुन्द्रे फेन्ट ।

0 comments:

Post a Comment